arthik abhiyan
अन्तरराष्ट्रिय
भारतमा चिनियाँ सामग्री बहिष्कारको माग
NA
नयाँ दिल्ली (भारत) । भारतको व्यापार संगठनले चिनियाँ सामग्री बहिष्कारको माग गरेको छ । व्यापारिक संगठन सीएआईटीले भारतमा चिनियाँ सामग्री बहिष्कार गर्न चिनियाँ सामग्रीमा ५०० प्रतिशत आयातकरको प्रस्ताव गरेको छ । भारतले हालै गरेको संविधानको धारा ३७० खारेजीको निर्णयविरुद्ध चीनले पाकिस्तानलाई साथ दिएको भन्दै...

‘बेलायतमा खाद्यान्न र इन्धनको अभाव हुन सक्छ’
NA
लन्डन (बेलायत) । बेलायतले खाद्यान्न, इन्धन र औषधि अभावको सामना गर्नुपर्ने देखिएको छ । विना कुनै सम्झौता यूरोपेली संघ (ईयू) बाट बेलायतको बर्हिगमन (ब्रेक्जिट) भयो भने यस्तो स्थिति उत्पन्न हुन सक्ने आफूले देखेको सरकारी दस्तावेजलाई उद्धृत गर्दै स्थानीय पत्रिका सन्डे टाइम्सले समाचार छापेको हो । ...

यूरोपको आयातकरले घटायो अमेरिकाको ह्वीस्की निर्यात 
NA
ब्रिस्टल (बेलायत) । यूरोपेली मुलुकले बढाएको भन्सार करका कारण अमेरिकाको ह्वीस्की निर्यात प्रभावित भएको छ । सन् २०१८ को जुनमा यूरोपेली मुलुकले बढाएको भन्सार करका कारण अमेरिकी कम्पनी माउन्टेन लरेल स्पिरिटको व्यापार १० प्रतिशत घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सामग्री आयातमा लगाएको कर...

आपतमा पर्नुभएको छ ? 
NA
काठमाडौं । अहिले विश्वभर स्मार्टफोन प्रयोगकर्ता र फोनमा प्रयोग हुने एप्लिकेशनको संख्यामा निकै वृद्धि भएको छ । प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखेर पनि विभिन्न किसिमका एपको निर्माण भएको छ । आपत्कालीन अवस्थामा छिटो र सहज सेवा पाउन सकिने एउटा यस्तै एपको प्रयोग गर्न केही देशका सुरक्षा नियामकले सुझाव द...

हुवावेईमाथिको प्रतिबन्ध पुनः ९० दिनका लागि स्थगित
NA
वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेईमाथिको प्रतिबन्ध पुनः ९० दिनका लागि स्थगित गर्ने तयारी गरेको छ । अमेरिकाको वाणिज्य मन्त्रालयसँग निकट स्रोतले हुवावेईलाई थप ९० दिन अमेरिकी कम्पनीसँग अहिले खरीद गर्दै आएको सेवाका लागि अनुमति दिने तयारी भइरहेको बताएका हुन् ।  यसअ...

अमेरिकाद्वारा पाकिस्तानको ४४ करोड सहयोग कटौती 
NA
वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकाले पाकिस्तानलाई दिइने ४४ करोड डलरको सहयोग कटौती गरेको छ । यससँगै अमेरिकाको पाकिस्तानलाई दिइने सहयोग रकम ४ अर्ब १० करोड डलरमा झरेको छ ।  पाकिस्तानी सञ्चार माध्यममा उल्लेख गरिएअनुसार पाकिस्तानलाई आर्थिक सहायतामा कटौती गर्ने निर्णय आधिकारिक रूपमा यसअघि नै भएको थ...

क्याथे एयरवेजका सीईओद्वारा राजीनामा
NA
हङकङ । क्याथे प्यासिफिक एयरवेजका सीईओ रुपर्ट हगले शुक्रवार आफ्नो पदबाट राजीनामा दिएका छन् । चिनियाँ नियामकले कम्पनीमाथि बढाएको अनुसन्धानसँगै उनले पदबाट राजीनामा दिएका हुन् । हङकङमा कम्पनीका कर्मचारी सरकारविरोधी आन्दोलनमा सहभागी भएको भन्दै नियामकले अनुसन्धान अघि बढाएका छन् ।  पछिल्लो समय हङकङ...

भुटान भ्रमणमा मोदी 
NA
थिम्पु (भुटान) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटान पुगेका छन् । दुईदिने भ्रमणका लागि उनी शनिवार भुटान पुगेका हुन् । शनिवार उनलाई भुटानी प्रधानमन्त्री लोटे छिरिङले स्वागत गरेका छन् । भुटानले मोदीलाई पारो अन्तरराष्ट्रिय विमानस्थलमा गार्ड अफ अनरको सम्मान पनि दिएको छ ।  दोस्रो कार्यकालका...

कर प्रशासनलाई नरम हुन निर्देशन
NA
नयाँ दिल्ली (भारत) । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले कर प्रशासनलाई नरम हुन निर्देशन दिएकी छन् । पछिल्लो समय ‘कर आतंकवाद’को आरोप लागिरहेको अवस्थामा अर्थमन्त्रीले प्रविधिमैत्री कर प्रशासनमा सुधार गरिने उल्लेख गरेकी हुन् ।  शुक्रवार कर अधिकारीको भेलालाई सम्बोधन गर्दै मन्त्री सी...

सीईओको तलब औसत कर्मचारीभन्दा २७८ गुणा बढी
NA
वाशिङ्टन डीसी (अमेरिका) । विश्वभर कम्पनीका प्रमुख कार्यकारी अधिकारीले अन्य कर्मचारीको औसत तलबभन्दा २७८ गुणा बढी कमाउने गरेको एक अध्ययनले देखाएको छ । अमेरिकी थिंकट्यांक इकोनोमिक पोलिसी इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो ४० वर्षमा कम्पनीका सीईओहरूको तलब १ हजार प्रतिशत बढेको छ । यो...