arthik abhiyan
प्रदेश-सुदूरपश्चिम
ताल संरक्षण गर्न गुरुयोजना
NA
मदन गिरी महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगर क्षेत्रमा रहेका ताल संरक्षणका लागि गुरुयोजना बनाउने तयारी गरेको छ । भीमदत्त–९ मा रहेको झिलमिला तालसहित कालीताल, ताराकोट, गहुताडी खोलालाई समेटेर गुरुयोजना बनाई ताल संरक्षण गर्न लागेको हो । गुरुयोजना निर्माण कार्य अन्तिम चरणमा रहेको नगपालिकाले...

भीमदत्त पन्त स्मृति उद्यान : अवैध शुल्क असुल्दै ठेकेदार
NA
मदन गिरी महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित भीमदत्त पन्त स्मृति उद्यान (महेन्द्रनगर पार्क)मा ठेकेदारले अवैध शुल्क असुलेको पाइएको छ । पार्क सञ्चालक पक्षले नगरपालिकासँग भएको सहमतिविपरीत मनोमानी रूपमा शुल्क उठाएको पाइएको हो । पार्क सञ्चालकले प्रतिव्यक्ति प्रवेश शुल्क १० रुपयाँ असुल्ने गर...

तामाका भाँडाबाटै ताम्राकारको जीवन निर्वाह
NA
वैशाख ११, परशुरामधाम(डडेलधुरा) । देशमा रोजगारी नपाएर वर्षेनी हजारौं युवा विदेश गइरहेका छन् तर, केही व्यक्ति भने आफ्नै पौरखमा देशमा कुनै न कुनै पेशा अपनाएर जीवन धानिरहेका छन् । यस्तै एक उदाहरण हो – शिवन ताम्राकार । डडेल्धुराको अमरगढी ६ दुमडाका शिवनले परम्परागत शीपको प्रयोग गरी तामाका भाँडाकुँडा बनाएर...

समृद्धि हासिल गर्ने हो भने वित्तीय अनुशासन हुनैपर्छ : गभर्नर नेपाल
NA
वैशाख ९, धनगढी । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले सुदूरपश्चिम प्रदेश सबै आर्थिक परिसूचकले पछाडी देखिएको बताएका छन् । आफ्नो खेतबारी बाझो राखेर छिमेकी मुलुक भारतका खेतबारीमा फलेका तरकारी किनेर उपभोग गर्ने हाम्रो नियतका कारण मुलुक आयातमा निर्भर बन्न पुगेको उनले बताए । गैर आवासीय संघ (ए...

अलैंचीले फर्कायो विद्यार्थी
NA
लमजुङ । गाउँघरका मानिस शहर पसेसँगै खालीजस्तै भएको मर्स्याङ्दी गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी आउन थालेका छन् । मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका स्थानीयको सक्रियतामा गाउँमा अलैंचीखेती विस्तारपछि गाउँमै रहेको सृजना प्राथमिक विद्यालयमा विद्यार्थीको संख्या बढ्न थालेको हो । कक्षा १ देखि ३ सम्म...

७ नं प्रदेशमा सङ्घीयताको जग बसाल्दै छौं
NA
सङ्घीय व्यवस्थाअनुरूप गठन भएको प्रदेश सरकार, प्रदेश राजधानी, प्रदेश संसद् सभा, प्रदेश मन्त्रिपरिषद् बैठक तथा प्रदेश सरकारले गर्ने नीतिगत व्यवस्था र त्यसको कार्यान्वयन नै प्रदेश सरकार गठनका मुख्य उद्देश्य हुन् । त्यसबाहेक प्रदेशको नामकरण र प्रदेश राजधानी तोक्ने अधिकार पनि प्रदेश सरकारलाई नै छ । प्रदे...

प्राकृतिक स्रोतसाधनबाटै समृद्धि
NA
साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत सेती र महाकाली अञ्चलका ९ जिल्ला (बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, दार्चुला, बैतडी, डँडेलधुरा र कञ्चनपुर) मिलाएर प्रदेश नं ७ तोकिएको हो । प्रदेशमा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका छन् । १९ हजार ५ सय ३९ वर्ग किलोमिटरमा फैलिएको प्रदेशको पूर...

औद्योगिक विकासका लागि निजीक्षेत्र निरन्तर लबिङमा छ
NA
प्रदेश नं ७ मा औद्योगिक विकास हुन सकेको छैन । विकास पूर्वाधारमा पछाडि परेको प्रदेशलाई समृद्ध बनाउन सकिने थुप्रै आधार हुँदाहुँदै पनि राज्यको दूरदर्शी नीति अभावलगायत कारण तुलनात्मक रूपमा अन्य प्रदेशभन्दा पछाडि परेको छ । सम्भावनाको हिसाबले अग्रस्थानमा देखिए पनि विकासमा पुछारमा रहेको ७ नं प्रदेशलाई कृषि...

कृषिक्षेत्रको सम्भावना
NA
प्रदेश नम्बर ७ का ९ जिल्लामध्ये कृषिका लागि उर्वर भूमि कैलाली र कञ्चनपुर नै हो । यो प्रदेशमा अझै सरकारीस्तरबाट कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण हुन सकेको छैन । कृषि तथा पशु विकासमा हाल जे जति विकास भएको छ, त्यो यहाँको निजीक्षेत्रको अथक प्रयासबाटै सम्भव भएको हो । २०४३ सालमा जब म डोटीबाट कैलाली झरेँ...