arthik abhiyan
प्रदेश ०३
घुस रकमसहित कार्यालयबाटै अधिकृत पक्राउ
NA
साउन २०, हटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित हेटौँडास्थित एक कार्यालयका अधिकृतलाई पक्राउ गरेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले जानकारी दिएको छ । ...

भ्रमण वर्ष लक्षित पर्यटन कार्यक्रम : तेमाल हाइकिङ अभियान
NA
साउन २०, काभ्रेपलाञ्चोक । काभ्रेको तेमालमा ‘भ्रमण वर्ष–२०२०’ लक्षित हाइकिङ कार्यक्रम शुरु गरिएको छ । संघीय सांसद नवीना लामाको नेतृत्वमा ऐतिहासिक क्षेत्र तेमालमा भ्रमण वर्ष लक्षित पर्यटन प्रवर्द्धन कार्यक्रम हाइकिङ अभियानको शुरुआत गरिएको हो । तामाङ समुदायको ऐतिहासिकस्थल काभ्रेपला...

पशु वधशाला पुनः सञ्चालन
NA
भानुभक्त आचार्य हेटौंडा । हेटौंडाको औद्योगिक क्षेत्रमा २०२८ सालमा स्थापित पशु वधशाला उद्योग पुनः सञ्चालन भएको छ । ‘बफेलो क्वालिटी पूmड प्रालि’ नामक वधशाला आइतवार प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् । उद्योग सञ्चालनमा आएको हो । उक्त उद्योग सञ्चालनका लागि प्...

प्रधानमन्त्री रोजगार कार्यक्रमको १ करोड १८ लाख फ्रिज
NA
साउन १९, चितवन । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चितवनमा विनियोजन गरिएको बजेटमध्ये १ करोड १८ लाख ५६ हजार रूपैयाँ फ्रिज भएको छ । जिल्लामा रहेका ७ ओटा स्थानीय तहमा काम हुन नसक्दा सो रकम फिर्ता गएको हो । आर्थिक वर्ष २०७५/७६ मा कार्यक्रम सञ्चालनका लागि सात स्थानीय तहमा २ करोड ४० लाख ७२ हजार रूपैय...

हेटौंडा  औद्योगिक क्षेत्र : निर्यात व्यापारमा ७७ % ले कमी, १०० भन्दा बढि उद्योग रहेको औद्योगिक क्षेत्रमा  ४ उद्योगको मात्र उत्पादन निर्यात
NA
साउन १९,  हेटौंडा । औद्योगिक नगरका रुपमा विकास भएको हेटौंडा उपमहानगरपालिकामा १०० भन्दा बढी उद्योग सञ्चालनमा रहे पनि उत्पादित वस्तुको निर्यात भने घट्दो क्रममा रहेको छ ।  मकवानपुर उद्योग वाणिज्य संघको तथ्यांकअनुसार हेटौंडा औद्योगिक क्षेत्रबाट उत्पादित वस्तुको भारत तथा तेस्रो मुलुकमा हुने...

पाइपलाइनबाट गोबरग्यास वितरण गर्ने तयारी    
NA
 साउन १९, चितवन । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले त्यहाँ पालिएका गाईको गोबरबाट ६० परिवारलाई पुग्ने गरी ग्यास उत्पादनको अन्तिम तयारी गरेको छ । फार्ममा रहेका १६० गाईको मलमूत्रले धान्ने गरी २०० घनमिटरको गोबरग्यास प्लान्ट निर्माण गरिएको हो ।    कार्यक्रमका प्रमुख डा माधवप्रस...

सरकारी दूध उद्योग संकटमा
NA
भानुभक्त आचार्य हेटौंडा । दुग्ध विकास संस्थानअन्तर्गतको हेटौंडा दूध वितरण आयोजनाले भारतको पटना डेरीसँग दूध खरीद गर्ने प्रक्रिया अगाडि बढाएको छ । मुख्य सिजनमै दूधको अभाव भएपछि पटना डेरीसँग खरीद गरेर उपभोक्तालाई विक्री गर्ने योजना संस्थानले बनाएको हो ।  आयोजनाले अहिले दैनिक ५ हजार लिटर दूध...

१२ तले  मेट्रो प्लाजा बनाउँदै भरतपुर  महानगर, ३ बर्षभित्र पुरा गर्ने लक्ष्य 
NA
सूर्यप्रसाद अधिकारी, साउन १८, चितवन । भरतपुर महानगरपालिकाले गौरवको योजना अनुरुप  नारायणगढ बजारमा १२ तले ‘भरतपुर मेट्रो प्लाजा’को निर्माणको तयारी शुरु गर्ने भएको  छ । कार्यपालिकाको वोर्ड बैठक अनुसार केही महीनाभित्रै  निर्माणकार्य थाल्ने तयारी स्वरुप सम्झौताका कामहरु अ...

सौराहामा अग्ला भवन निर्माण गर्न नपाइने, होटल र रेष्टुराँका लागि नयाँ मापदण्ड बनाइँदै
NA
साउन १७, चितवन । पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुराँ र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको छ । अग्ला भवनहरु निर्माण गर्नसमेत पाइने छैन भने एउटै किसिमको प्रकृति सुहाउँदो रङ लगाउनुपर्ने हुन्छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले नयाँ नीति निर्माणका लागि निजी क्षेत्रसँग...

भूकम्पपछिको पुनर्निर्माण : प्रबलीकरणमा शून्य प्रगति
NA
एलएन शर्मा सिन्धुली । सिन्धुलीमा भूकम्पपछिको पुनर्निर्माणले अपेक्षित गति लिन सकेको छैन । यसमध्ये पनि निजी आवास प्रबलीकरणको प्रगति शून्य प्रतिशत छ । भूकम्पपछि निजी आवासमा सामान्य क्षति पुगेका घरलाई नेपाल सरकारले प्रबलीकरण (मर्मत)को तथ्यांकमा राखे पनि त्यसतर्फ प्रगति शून्य देखिएको जिल्ला आयोजना कार...