arthik abhiyan
प्रदेश ०५
तिलोत्तमामा जग्गाको पुनः नापी शुरु, डिजिटल प्रविधि अपनाइने
NA
बीपी गौतम जेठ ८, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जग्गाको पुनः नापी शुरु भएको छ । वडा नम्वर १५ को कोटिहवाबाट जग्गाको पुनःनापी शुुरु गरिएको हो । पुनःनापीमा डिजिटल प्रविधि अपनाइएको छ । दुई वर्ष भित्र नगरपालिकाका १७ वडामैं सम्पन्न गर्ने लक्ष्यका साथ पुनः शुरु गरिएको नगरपालिकाले बताएको छ ।...

१ हजार ८३२ बेरोजगारले रोजगारी पाउँदै, कुन स्थानीय तहमा कति ?
NA
भक्तबहादुर शाही जेठ ८, नेपालगञ्ज । चालू आर्थिक वर्ष २०७५/७६ मा बाँके जिल्लामा बेरोजगारीले रोजगारी पाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बाँकेका स्थानीय तहलाई गरेको परिपत्र अनुसार बेरोजगारी सूचीमा दर्ता भएकामध्ये १ हजार ८३२ जनाले ३० दिन बराबरको रोजगारी पाउने भएका हुन् । सरकारले...

आशा सिक्टा सिँचाईको, भर आकाशको !
NA
भक्तबहादुर शाही जेठ ८, नेपालगञ्ज । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट खेतवारीमा अन्नवाली फलाउने आशा बोकेका बाँके र बर्दियाका बासिन्दा आकाशकै भरमा अन्न उत्पादन गर्न बाध्य छन् ।  पानी पाउने आश्वासन पाएको बर्षौं वितिसक्दा पनि आकाशकै भरमा किसानले खेती गर्नुपर्ने अवस्था कायमै छ । चुनावताका सिक्टा स...

साढे ३८ लाख मूल्यबराबरको दूध निकासी
NA
रुकुम । रुकुमबाट साढे ३८ लाख रुपैयाँको दूध निकासी भएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–४ सोलावाङमा सञ्चालित नागरिक दुग्ध सहकारी संस्थाले ४ महीनामै ३८ लाख ६४ हजार मूल्यबराबरको दूध जिल्लाबाहिर निकासी गरेको हो । गत पुसदेखि सञ्चालित सहकारी संस्थाले दूध विक्रीबाट ३८ लाख ६४ हजार रुपैयाँको कारोबार गरे...

सडक स्तरोन्नतिमा ढिलाइ
NA
रुकुम (अस) । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट क्षेत्रभित्रको सडक स्तरोन्नति ढिलाइ भएको स्थानीयले गुनासो गरेका छन् । मुसीकोट नगरपालिका–१ स्थित कालिका मन्दिरदेखि बह्राटाकुरासम्मको झण्डै एक किलोमिटर सडकको स्तरोन्नतिमा ढिलाइ भएको हो । सघन शहरी विकास कार्यक्रमअन्तर्गत मुख्य सडकमा पार्किङ टायल बिछ्याएर स्त...

निर्माण कार्य शुरु गरेको महीनौ बितिसक्दा पनि सडक स्तरोन्नतिले गति लिएन
NA
जेठ ७, रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट क्षेत्र भित्रको सडक निर्माण कार्य ढिलाई भएको स्थानीयले गुनासो गरेका छन् । मुसीकोट नगरपालिका १ स्थित कालिका मन्दिरदेखि बह्राटाकुरासम्मको झण्डै एक किलोमिटर सडकको स्तरोन्नतिको काममा ढिलाई भएको हो । सघन सहरी विकास कार्यक्रम अन्तर्गत खलंगा बजारको मुख्य सडकमा...

पाल्पाको अर्को परिचय : चुकाउनी !
NA
जेठ ५, रामपुर(पाल्पा) । पाल्पाली अचारका रुपमा परिचित चुकाउनीप्रति सबैको आकर्षण बढ्न थालेको छ । आलु, दही, हरियो खुर्सानी, मेथीको दाना र धनियाँको हरियो पातलाई प्रयोग गरेर तयार पारिने यो अचार धेरैले रुचाइएको पाइएको छ । पाल्पाका रैथाने नेवार समुदायको संस्कृति यो अहिले पाल्पाली पहिचान बनेको जानकार बताउँछ...

कुखुराको खोरमा बेकरी उद्योग !
NA
भक्तबहादुर शाही जेठ ५, नेपालगञ्ज । कुखुराको खोरमा बेकरी उद्योग सञ्चालन गरेको पाइएको छ । गएको बुधवार कोहलपुर नगरपालिकाले शुरु गरेको बजार अनुगमनमा यस्तो भेटिएको हो । कोहलपुर नगर क्षेत्रमा सञ्चालित् छ ओटा डेरी उद्योगको अनुगमन गर्दा कुखुराको खोरमा अव्यवस्थित् तवरले बेकरी उद्योग सञ्चालन गरेको पाइएको कोहल...

लुम्बिनी भ्रमण वर्षको शुभारम्भ, लुम्बिनी घुम्न राष्ट्रपतिको निम्तो, लुम्बिनी गुरुयोजना छिटो सक्न ध्यानाकर्षण
NA
जेठ ४, लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ शुभारम्भ भएको घोषणा गर्नुभएको छ । शनिवार लुम्बिनीमा आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसको अवसरमा आयोजित विशेष समारोहमा उहाँले लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो । राष्ट्रपति भण्डारीले संसारभरका बौद्धमार्गील...

बुद्ध जयन्ती : लुम्बिनीमा विशेष समारोह, प्रधानमन्त्री शुक्रवार नै पुगे, राष्ट्रपति शनिवार जाँदै
NA
जेठ ४, लुम्बिनी । प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ को शुभारम्भ र २५६३औं बुद्ध जयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा शनिवार विविध कार्यक्रम गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार यहाँ आयोजना हुने विशेष समारोहमा सहभागी हुनुहुने कार्यक्रम छ । प्रधानम...