arthik abhiyan
शेयर / बैङ्किङ गतिविधि
आरएमडीसीद्वारा संस्थागत कर व्यवस्थापन तालीम
NA
काठमाडौं (अस) । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले साउन २८ गते संस्थागत कर व्यवस्थापन तालीम प्रदान गरेको छ । तालीममा आरएमडीसीका १५ ओटा साझेदार संस्थाबाट २९ जना लेखा, वित्त तथा आन्तरिक लेखा परीक्षण हेर्ने कर्मचारी सहभागी थिए ।  उक्त तालीमका माध्यमबाट साझेदार संस्थाका कर्मचारीलाई विद्यमान आयकर...

मुक्तिनाथ विकासको आव २०७५/७६ को सञ्चालन मुनाफा १.२२ अर्ब 
NA
काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले आव २०७५/७६ सम्ममा रू. ४६ अर्ब १३ करोड निक्षेप संकलन र रू. ३७ अर्ब ९५ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा रू. १ अर्ब २२ करोड आर्जन गरेको छ । बैंकले निक्षेपतर्फ गत आवको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले वृद्धि गरी सञ्चालन मुनाफा ३७ प्रतिशतले वृद्धि...

नगरपालिका परिसरमा नेबैंलिको काउन्टर 
NA
काठमाडौं (अस) ।  नेपाल बैंक लिमिटेड (नेबैंलि) को कृष्णनगर शाखाले कपिलवस्तुको कृष्णनगर नगरपालिका परिसरमा एक्स्टेन्शन काउन्टर स्थापना गरेको छ । उक्त विस्तारित काउन्टरको एक कार्यक्रमबीच कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले उद्घाटन गरेका हुन् । नगरप्रमुख शाहले नेपाल बैंकको काउन्टर विस्ता...

ज्योति विकास र साम्सरा रेमिटबीच सम्झौता
NA
काठमाडौं (अस) । ज्योति विकास बैंकले रेमिट सेवालाई सहज बनाउन र विस्तार गर्न साम्सरा रेमिटसँग सम्झौता गरेको छ । बुधवार बैंकले रेमिट सेवाका लागि साम्सरा रेमिटलाई प्रमुख प्रतिनिधि नियुक्त गरेको हो । सम्झौतामा ज्योति विकास बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा र साम्सरा रेमिटका कार्यकारी उपाध्यक्ष जीव...

सनराइज बैंक र नेपाल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता
NA
काठमाडौं (अस) । सनराइज बैंक र नेपाल बैंकिङ इन्स्टिच्युट(एनबीआई) बीच तालीम तथा शीप विकास प्रशिक्षणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेपाल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरेका थिए...

अशोक लेल्यान्ड र पोखरा फाइनान्सबीच कर्जा सम्झौता 
NA
काठमाडौं (अस) । अशोक लेल्यान्ड र पोखरा फाइनान्सबीच बुधवार कर्जा सम्झौता भएको छ । सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ र आईएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका थिए ।  नेपालका लागि आईएमई ग्रूप अशोक लेल्यान्डको आधिकारिक वितरक हो । सम्झौता अनुसार आईएम...

एनआईसी एशिया रेमिटको चाडपर्व लक्षित योजना
NA
काठमाडौं (अस) । एनआईसी एशिया बैंकले बुधवार एनआईसी एशिया रेमिटको चाडपर्व लक्षित योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत बैंकले एनआईसी एशिया रेमिटबाट नेपालभित्र एकपटक रकम पठाएपछि अर्कोपटक रकम पठाउनुपर्दा सित्तैमा पठाउन सकिने व्यवस्था गरेको छ ।  बैंकले आगामी चाडपर्वको अवसरलाई ध्यानमा राख्द...

एनआईसीका ग्राहकलाई मर्सि सिटी हस्पिटलमा छू्ट 
NA
काठमाडौं (अस) । एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटल बुटवल, रूपन्देहीबीच स्वास्थ्योपचार सेवामा छूटसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एनआईसीका ग्राहकले उक्त हस्पिटलका विभिन्न सेवासुविधामा १० प्रतिशतसम्मको छूट पाउनेछन् । सम्झौतामा बैंकका प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्...

भीएस निकेतनमा सिटिजन्सको एटीएम
NA
काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले मंगलवार काठमाडौंको मीनभवनस्थित भीएस निकेतन स्कूलमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र स्कूलका उबिन  पोखरेलले उक्त एटीएम सेवाको उद्घाटन गरे । यसबाट स्कूलका सेवाग्राही तथा मीनभवन वरपरका ग्राहक लाभान्वित हुने...

मेगा बैंकबाट नेपाल प्रहरीलाई डायरी
NA
काठमाडौं (अस) । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई ५ हजार थान पकेट डायरी सहयोग गरेको छ । मंगलवार मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी विनोद घिमिरेलाई डायरी हस्तान्तरण गरिन् । सुरक्षा सेवामा खटिने नेपाल प्रहरील...