arthik abhiyan
समाचार
सुनको मूल्य फेरी बढ्यो, तोलाको कति ?
NA
भदौ ४, काठमाडौं  । पछिल्लो केही दिनसम्म स्थिर रहेको सुनको मूल्य बुधवार तोलामा रू.३०० ले बढेको छ ।  मंगलवारसम्म छापावाला सुनको मूल्य प्रतितोला रू.७१ हजार थियो, बुधवार भने बढेर रू. ७१ हजार ३०० पुगेको छ । यस्तै, मंगलवारसम्म प्रतितोला रू.७० हजार ७०० रहेको तेजावी  सुनको मूल्य बुधवार भने...

नेपाल–भारत संयुक्त आयोगको बैठक बुधवारदेखि, कुन-कुन विषयमा हुँदैछ छलफल ?   
NA
भदौ ४, काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक बुधवार अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ ।  द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउन मद्दत पुुग्ने...

‘नीतिगत निर्देशनको पालनामा लघुवित्त सफल’
NA
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकले जारी गरेका अधिकांश निर्देशन पालना गरेको निष्कर्ष केन्द्रीय बैंकको प्रतिवेदनले निकालेको छ । वित्तीय स्रोत संकलन, कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्था, लगानीसम्बन्धी व्यवस्था, कर्जा निक्षेप अनुपात र वैधानिक तरलता अनुपात लगायतका विषयका निर्दे...

निगमको वाइडबडी भदौ १२ गतेदेखि ओशाका उड्ने निश्चित
NA
काठमाडौं । नेपाल वायुसेवा निगमले अन्ततः भदौ १२ गतेदेखि जापानको ओशाकामा सीधा उडान गर्ने भएको छ । पर्याप्त यात्रु नहुँदा निर्धारित समयमा ओशाका उडान तालिका करीब २ महीना पर सारेको निगमले उडानको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । वाइडबडी विमान (एयरबस ३३०–२००) खरीदको १ वर्षपछि निगमले यसअघ...

ठूला पूर्वाधार आयोजना सरकारी अनिर्णयका बन्दी
NA
काठमाडौं । मुलुकको अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्ने ठूला पूर्वाधार आयोजनाहरूको भविष्य निर्माणको मोडालिटी र विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाउनमा भएको सरकारी ढिलासुस्तीले अनिर्णयको बन्दी हुन पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा वर्गीकरण गरिएका बूढीगण्डकी जलविद्युत्, काठमाडौं–तराई&...

बढी रकम भुक्तान दिएको आरोपमा इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा
NA
भदौ ३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत जिल्लास्थित सिम्ता गाउँपालिका वडा नं २ देउली–सिर्पा–काफलकोट जोड्ने सडक निर्माणमा बढी रकम भुक्तान दिएको आरोपमा सम्बन्धित इन्जिनियर नवीन शर्मालगायत विरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले नभएको कामको परि...

पुतली बगैंचामा बन्ने संघीय संसद् भवन निर्माण प्रक्रिया अघि बढ्यो
NA
भदौ ३, काठमाडौं । संघीय संसद्को भवन निर्माण प्रक्रिया अघि बढेको छ । सिंहदरबारस्थित पुतली बगैंचामा भवन निर्माणका लागि परेका आवेदनबाट ठेकेदार कम्पनी छनोटका क्रममा रहेको शहरी विकास मन्त्रालयले बताएको छ । भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले ठेक्का आह्वान गरेको थियो । हालसम्म १७ कम्पनीले आवेदन द...

खाद्य संस्थान र नेशनल ट्रेडिङ गाभिएर ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ स्थापना
NA
भदौ ३, काठमाडौं । नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेड एक आपसमा गाभिई (मर्ज भई) ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ नामक कम्पनी स्थापना भएको छ । सरकारले यसअघि ती दुई निकायलाई गाभ्ने निर्णय गरेको थियो । सो कम्पनी साउन २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कम...

नायव सुब्बा कडरियाविरुद्ध घूस मुद्दा
NA
भदौ ३, काठमाडौं । घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिव्यश्वरी जग्गा एकीकरण आयोजना, सानोठिमी, भक्तपुरमा कार्यरत नायव सुब्बा देउमान कडरियाविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । नायव सुब्बा कडरियाले सेवाग्राहीलाई लालपूर्जा बनाई दिने आश्वासन दिंदै रू. ५० हजार लिइसकेको...

उपनिर्वाचन गराउन निर्वाचन आयोगले माग्यो ४० करोड
NA
भदौ ३, काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचन सम्पन्न गराउन सरकारसँग ४० करोड रुपैयाँ निकासाको प्रस्ताव गरेको छ । करीब ६ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको उक्त निर्वाचनका लागि आयोगले ४० करोड रुपैयाँ रकम प्रस्ताव गरी निकासाका लागि अर्थ मन्त्रालयमा पत्रच...