ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
समाचार
५० अर्ब कोषको गृहकार्य शुरू

काठमाडौं । कोरोना महामारीबाट प्रभावितलाई उद्यम तथा व्यवसाय सञ्चालन पूँजीको जोहो गरिदिन ५ प्रतिशत ब्याजदरमा ऋण दिन सरकारले गृहकार्य थालेको छ । चालू वर्षको बजेटमा कोरोना प्रभावितलाई लक्षित गरी ५० अर्ब रुपैयाँको छुट्टै कोष खडा गर्ने घोषणा गरेअनुसार अर्थ मन्त्रालयले तयारी अघि बढाएको हो । कोषमा वैदेशि...

विस्तृतमा →

आपत्कालीन औषधि आयातको अनुमतिमै लाग्यो २ महीना

वीरगञ्ज । औषधि व्यवस्था विभागले झन्डै २ महीना समय लगाएर कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको आपत्कालीन औषधि आयातको बाटो खोलेको छ । विभागले आयात कार्यविधि तयार पारेपछि रेम्डेसिभिर इन्जेक्शन आयात हुने भएको हो । केही आयातकर्ता गत जेठमै आयात अनुमति माग्न विभागमा पुगेका थिए । विभागले मन्त्रालय...

विस्तृतमा →

बिग मर्जरका लागि अध्ययन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारीको अवस्था सामान्य भएपछि वाणिज्य बैंकहरूबीच मर्जर गराउने नीतिलाई कार्यान्वयनमा लग्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकलाई, खासगरी, क्रश होल्डिङ भएका बैंकलाई घुमाउरो पाराले गाभ्न तथा गाभिन बाध्य हुने गरी नीतिगत व्यवस्था गरेको छ । यसका...

विस्तृतमा →

घूस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर

साउन २५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढोरपाटन नगरपालिका बाग्लुङका इञ्जिनीयर मिलन अधिकारीविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  उपभोक्ता समितिबाट भएको सडक निर्माणसम्बन्धी योजनाको भुक्तानी दिएवापत अधिकारीले विभिन्न बहाना बनाइ घूस मागेको पाइएको आयोगले जानकारी दिएको...

विस्तृतमा →

राष्ट्र बैंकको निर्देशन : घरबाटै वा आलोपालो गरेर बैंक तथा वित्तीय संस्था चलाउनू

साउन २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा  वित्तीय संस्थाहरुलाई कर्मचारीलाई फेरि घरबाटै वा आलोपालो गरेर काम गर्न तथा गराउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले आइतवार सूचना जारी गर्दै कोरोना महामारीको जोखिम काठमाडौं उपत्यका तथा अन्य स्थानका बैंक तथा वित्तीय संस्थालाई आफ्ना कर्मचारीलाई...

विस्तृतमा →

कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या २२९७२ पुग्यो

साउन २५, काठमाडौं । नेपालमा आइतवार थप ३८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा हाल ६ हजार ५४ सक्रिय संक्रमित रहेका छन् । क...

विस्तृतमा →

न्यूनचापीय रेखा तराई भूभाग नजीक : मंगलवारसम्म वर्षा हुने

साउन २५, काठमाडौं । मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजीक रेखा रहेकाले मंगलवारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । यही साउन २७ गतेसम्म देशभर मनसुनी गतिविधि बढ्ने जानकारी दिइएको छ ।  जल  ...

विस्तृतमा →

कोरोना संक्रमणबाट विदेशमा १९१ जना नेपालीको मृत्यु

साउन २५, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट हालसम्म  विदेशमा १९१ जना नेपालीको मृत्यु भएको छ ।  गैरआवासीय नेपाली संंघका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको छ । शनिवार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले मृत्यु भइसकेको छ ।  संघअन्तर्ग...

विस्तृतमा →

रित्तियो मल भण्डार : कोरोनाको जोखिम मोलेर भारतीय सिमानाबाट मल ल्याउँदै किसान

काठमाडौं । सरकारले समयमै रासायनिक मल आयात गर्न नसक्दा देशभित्र मल आपूर्ति तथा विक्री वितरणको जिम्मा लिएका साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका गोदामहरू रित्तिँदै जाँदा भारतसँग सिमाना जोडिएका तराईका जिल्लाका किसानहरू कोरोनाको जोखिमसँग लड्दै भारतबाट मल ल्याउन बाध्य भएका छन् । धान...

विस्तृतमा →

उद्योगलाई बन्दाबन्दी अवधिको बीमाशुल्कमा छूट दिने सहमति

काठमाडौं । उद्योग प्रतिष्ठानहरूले बन्दाबन्दीभरको बीमा शुल्कमा १ तिहाइ (३३ दशमलव ३३ प्रतिशत) छूट पाउने भएका छन् । उद्योग प्रतिष्ठानहरूले पूर्ण बन्दाबन्दी अवधि अर्थात् चैत ११ गतेदेखि जेठ मसान्तसम्मको बीमाशुल्कमा सो बराबरको छूट पाउने भएका हुन् । शुक्रवार बीमा समिति, बीमा कम्पनीहरू र निजीक्षेत्रका सं...

विस्तृतमा →