काठमाडौं । यूनिभर्सल पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्ममा रू. ८ करोड १९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा सामान्य वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. ८ करोड १४ लाख नाफा कमाएको थियो ।
कम्पनीको कुल आम्दानीमा भने गत आवको तुलनामा चालू आवमा १ दशलमव ७६ प्रतिशत कमि आएको छ । गत आवमा कम्पनीको कुल आम्दानी रू. २० करोड ५९ लाख रहेकोमा चालू आवमा घटेर रू. २० करोड २३ लाखमा सीमित भएको हो ।
चुक्ता पूँजी रू. २ अर्ब १० करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ३४ करोड ९ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८० पैसा, मूल्य आम्दानी अनुपात २८ दशमलव ९१ गुणा र प्रतिशेयर नेटवर्थ १ सय १६ रुपैयाँ २३ पैसा रहेको छ ।