काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । लाभांश संशोधनपछि कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल २६ दशमलव ३१५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ, जसमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३१ ५८प्रतिशत नगद लाभांश छ ।
यसअघि कम्पनीले २५ प्रतिशत बोनस शेयर र करसहित ९ दशमलव ५० प्रतिशत नगद गरी कुल ३४ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
कम्पनीले प्रस्तावित बोनस शेयरलाई यथावत् राख्दै नगद लाभांश घटाएको हो । बीमा नियामक नेपाल बीमा प्राधिकरणले हाललाई कर प्रयोजनबाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि लाभांश संशोधन गरिएको कम्पनीले बताएको छ ।
उक्त प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीकोे आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।