आइसिएफसी फाइनान्सको अध्यक्षमा सुशील कुमार अर्याल चयन

Share News

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडको अध्यक्षमा सुशीलकुमार अर्याल सर्वसम्मत चयन भएका छन् । 

यही माघ २ गते बसेको ३४२औं बैंठकले अर्याललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको कम्पनीले नेप्सेमार्फत जनाएको छ । 

अर्याल कम्पनीको २१औं वार्षिक साधारण सभाबाट सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका थिए । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।