काठमाडौं । थोक लघुकर्जा प्रदायक संस्था आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख र कर्जा लगानी तथा असुली विभागअन्तर्गत कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्न तालिम आयोजना गरेको छ ।
संस्थाले रूपन्देहीको बुटवलमा ग्राहक संरक्षण कोषअन्तर्गत १ दिने ‘लघुवित्त वित्तीय संस्थाको सफलताका लागि कर्मचारी सशक्तीकरण’ विषयक तालिम आयोजना गरेको हो ।
तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेलले लघुवित्तको वर्तमान अवस्था र चुनौतीको सामना, असल ग्राहक सम्बन्ध र कर्जा व्यवस्थापन, कर्मचारी उत्प्रेरणा, नेतृत्व विकास र बैंकिङ्ग कसुर र परिणामको विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।
संस्थाले ग्राहक संरक्षण कोषअन्तर्गत आफ्ना साझेदार संस्थाका कर्मचारी तथा पदाधिकारीलाई लक्षित गरी विभिन्न किसिमका तालिम कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।