आशुतोष ईनर्जीको सातौं वार्षिक साधारण सभा असोज २० मा, ५.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव

Share News

काठमाडौं । आशुतोष ईनर्जी लिमिटेडले सातौं वार्षिक साधारण सभा असोज २० गते गर्ने भएको छ । सभा काठमाडौंको भगवती बहालस्थित लिसरा रिसेप्सन प्रालिमा बिहान ८:३० बजे शुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।