वीरगन्ज । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशले आर्थिक अभियान दैनिकका मधेस ब्युरो प्रमुख ओमप्रकाश खनाललाई सम्मानित गरेको छ।
महासङ्घको पाँचौं साधारणसभाको अवसरमा महोत्तरीको बर्दिबासमा भएको एक समारोहमा अभियानकर्मी सम्मानित भएका हुन् ।
मधेसको आर्थिक समृद्धि र महासङ्घको संस्थागत विकासका कार्यक्रममा योगदानको लागि उनलाई सम्मानित गरिएको महासङ्घले बताएको छ।
महासङ्घका अध्यक्ष अशोककुमार टेमानीले सम्मानपत्र प्रदान गरेका छ्न् । सो अवसरमा कान्तिपुर टेलिभिजनका उपेन्द्र ठाकुर, कारोबार दैनिकका निरज पिठाकोटे र मधेस दृष्टि दैनिकका ध्रुव साहलाई पनि सम्मानित गरिएको थियो ।