अमेरिका । अमेरिकी ई-कमर्श कम्पनी अमेजनले फ्रान्समा १.३ बिलियन डलर लगानी गर्ने भएको छ ।
अमेजनले सन् २०१० देखि फ्रान्समा २० बिलियन यूरोभन्दा बढी लगानी गरेको छ । कम्पनीले यसको क्लाउड र अनलाइन खुद्रा व्यवसायमा गरी २२ हजार जनाभन्दा बढीलाई रोजगार दिएको छ ।
अमेजन, जीएसके, एसेनचरलगायत कम्पनीले सोमवारबाट शुरु हुने देशको वार्षिक 'चुज फ्रान्स' कार्यक्रममा अर्बौं लगानीको घोषणा गर्ने फ्रान्सेली राष्ट्रपतिले बताए।
यसबाट थप २ हजार जनाले जागिर पाउने अमेजन फ्रान्सका कन्ट्री म्यानेजर फ्रेडरिक डुभालले बताए । एजेन्सी