अप्पर स्याङ्गे हाइड्रोपावरको विशेष साधारण सभा जेठ ७ मा, यी प्रस्ताव पेस हुने

Share News

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आगामी जेठ ७ गते विशेष साधारण सभा गर्ने भएको छ ।

सभा कुण्डलिनी दरबार ब्याक्वेट, चप्पल कारखाना चोक, काठमाडौंमा बिहान १० बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले दोभान खोला जलविद्युत आयोजनाको अनुमति पत्र हस्तान्तरण गर्ने र अख्यितारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । 

विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले वैशाख २८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा वैशाख २७ गतेसम्म कायम शेयरधनी साधारण सभा भाग लिन सक्नेछन् ।

कम्पनीको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।