नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्बौं रूपैयाँ वनलाई तिरेर मात्रै वन कटानको स्विकृति लिनुपर्ने बाध्यता हटाउन पहल भइरहेको बताएका छन् ।
ईकोनोमिक मिडिया एसोसिएसन नेपाल (ईमान), स्वतन्त्र उर्जा उदपादक हरूको संस्था नेपाल(इप्पान) र अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले काठमाडौंमा आयोजित प्रि बजेट डिस्कसनमा बोल्दै नर्देशक घिसिङले जसरी पनि विद्युत उत्पादन लागत घटाउनु पर्छ । त्यो घटाउन के गर्नु पर्ने हो त्यसको लागि विद्युत प्राधिकरण सधैं संगै रहेको तथा सहजिकरण गर्न तयार रहेको बताए ।
'वनमा जग्गामा लगानी गर्नु पर्ने अवस्था छ । अहिले हामिले अर्बौं रूपेयाँ वनलाई तिरेर मात्रै वन कटानको स्वीकृति लिनु पर्ने अवस्था छ । जग्गामा त कुरै नगरम । यो कारणले लागत बढाएको छ,' र्नले भने 'यहि विषयमा हामिले अर्थमन्त्रालयसंग बसेर छलफल गरिरहेका छौं । यो सकरात्मक रूपमा अगाडी बढ्छ भन्ने लागेको छ।'
नाडा र इप्पान एकले विद्युत उत्पादन गर्छौं र अर्कोले खपत गर्छौं नै भनेर आएको जस्तो लागेको भन्दै उनले सहजिकरण गर्ने बताए ।
नेपाल सरकारको तर्फबाट पनि प्रकृयागत तथा भन्सार लगायतका धेरै विषयहरू रहेका छन् ती विषयमा सहजिकरण हुने बताए । धेरै कुरामा आन्तरिक रूपमा छलफल भइरहेको बताए । 'राजस्वको बिषयले गर्दा अहिले विद्युतिय सावरी साधनमा जुन प्रकारको प्रमोसन भइरहेको छ । त्यसले गर्दा हामि अन्त कतै जाने त होइन भन्नेछ । त्यसलाई विशेष तरिकाले हेर्नुपर्छ जस्तो लाग्छ,' उनले भने 'अहिले नेपालमा इलेक्ट्रिकल भेइकलले अत्यन्तै राम्रो पिकअप लिएको छ । यसले नेपालको ग्रिन इनर्जीको खपतलाई यसले अतिनै राम्रो गरेको छ जस्तो मलाइ लागेको छ ।'
इप्पानले उठाउका बिषय विषयमा हामिअत्यन्तै पोजेटिभ रहेका भन्दै पीपिए खोल्ने देखि पीपीए भएका प्रोजेक्टको सम्मपन्न कसरी गर्ने सकिन्छ भन्ने कुरा मा के कुरामा सहजीकरण गर्न सकिन्छ त्यो बिषयमा सहजीकरण गर्न तयार रहेको बताए ।
सरकारले लिएको लक्ष्य पुरा गर्न नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेकोले जस्तो सुकै सहजिकरण गर्न तयार रहेको बताए । 'अहिले सम्ममा हामिले १० हजार मेगावाट सम्मको पीपीए गरिसकेका छौं । करिव ३५ सय मेगावाट जति उत्पादनमा आइसकेको छ भने त्यतिनै बरावर निर्माणको चरणमा छ । केहि प्रजेक्टमा फाइनान्सियल समस्या पनि देखिन्छ । ति प्रोजेक्टलाई पनि चाँडै सम्मपन्न गर्न तर्फ लागौं । र हामिले २८ हजारको तार्गेट राखेका छौं त्यो पुरा गर्ने नेपालमा अहिले सबैभन्दा ठूलो महत्वपूर्ण भूमिका नीजिक्षेत्रले खेल्नु भएको छ यहाँहरूलाई सहजीकरण गर्न हामि सधैं तयार हेका छौं, 'उनले भने ।
प्राधिकरणले राम्रो गर्न नसके भने नीजिक्षेत्रलाइ पनि समस्या पर्ने भएकाले प्राधिकरणलाई पनि कसरी अगाडी बढाउने भन्नेम ध्यान दिनुपर्ने बताए । उनले हरेक वर्ष सोलार आयोजना पनि थप्दै बताए । 'विद्युत प्राधिकरण पनि तपाइ संगै छ । प्राधिकरणले राम्रो गर्न सकेन भने तपाइहरूपनि समस्यामा पर्छ । त्यसैले प्राधिकरणलाई पनि कसरी अगाडी बढाउने कसरी ट्रन्समिसन लाईन वितरण लाइन र खपतलई कसरी बढाउने र उत्पादित विद्युतलाई कसरी निर्यात गर्ने लगायतका विषयमा गम्भिर भएर लागेका छौं,' उनले भने ।