अरुण भ्याली हाइड्रोपावरको १ करोड ८६ लाखभन्दा बढी कित्ता हकप्रद शेयर सूचीकृत

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमवार (आज) अरुण भ्याली हाइडोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।

कम्पनीको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो हकप्रद शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । 

कम्पनीले गत फागुन १७ देखि चैत ७ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।