बैंकहरूले जलविद्युत् आयोजनामा लगानी बढाउने तयारी गरिरहेका छन् । राष्ट्र बैंकले ऊर्जामा २०७१ असार मसान्तसम्ममा कुल कर्जाको कम्तीमा १० प्रतिशत ऋण लगानीको निर्देशन दिएपछि वाणिज्य बैंकहरूले यस्तो लगानीमा ध्यान दिन थालेका हुन् । बैंकहरूले ऊर्जामा धमाधम लगानी थप्न थालेको नेपाल बैकर्स संघका अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा बताउँछन् ।
‘पछिल्लो समयमा हरेकजसो बैंकले जलविद्युत् आयोजनालाई आफ्नो लगानीको प्राथमिकतामा राख्न थालेका छन्,’ उनले भने । उपयुक्त र आकर्षक जलविद्युत् आयोजनाहरूमा लगानी बढाउने योजनामा बैंक अफ एशिया रहेको सो बैंकका बिजनेश बैंकिङ प्रमुख सुजित शाक्य बताउँछन् ।
वर्ष ८, अंक ३४९, शुक्रवार १५ भदौ, २०६९