काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्ना क्यूआर मर्चेन्टलाई विना झन्झट कुमारी मोबाइल बंैकिङ एपमार्फत नै रू. २ लाखसम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा ल्याएको छ । यसबाट विशेष गरी घरेलु, साना तथा मझौला उद्यमीका वित्तीय कारोबार डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीका सानातिना वित्तीय आवश्यकता परिपुर्ति हुँदा वित्तीय पहुँच समेतमा विस्तार हुने अपेक्षा बैंकको छ ।
२२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले ३०२ शाखा, ३१४ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाईमार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।