काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक २ दशमलव १५ प्रतिशत बढेर बन्द भएको छ ।
यससँगै नेप्से २ हजार ६५३ दशमलव ५८ विन्दुमा पुगेको हो । बजार बढ्दा लगानीकर्ताको आकर्षण वित्त कम्पनीको शेयरमा परेको छ । अधिकांश वित्त कम्पनीहरूको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ । यस समूहको सूचक सबैभन्दा बढी ६ दशमलव ३० प्रतिशत वृद्धि भएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स २ दशलमव ०८ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव २२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव २८ प्रतिशत वृद्धि भएको छ ।
आज ३०८ धितोपत्रको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर ६९ हजार ८६० पटकमा रू. ६ अर्ब १३ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये न्यादी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३३५ दशमलव ६० पुगेको छ । त्यस्तै मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्य ९ दशमलव ७६ प्रतिशत बढेर रू. ३६० पुगेको छ ।
आइतवार विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ८३५ मा झरेको छ । यस्तै, कुमारी सबल योजनाको इकाई मूल्य ९ दशलमव ४३ प्रतिशत घटेर रू. ९ दशमलव ३२ कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा सहास उर्जा लिमिटेडले ओगटेको छ । यस कम्पनीको रू. ६३ करोड ८३ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४८९ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट छ । कम्पनीको रू. २५ करोड ५७ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ओटै समूहगत सूचक बढेका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ६ दशमलव ३० प्रतिशत वृद्धि भएको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको सूचक ३ दशमलव १२ प्रतिशत वृद्धि भएको छ ।