फागुन २५, काठमाडौं (अस) । अमेरिकी रोजगारी दरमा उच्च सुधार भएको समाचार आएसँगै सोमवार अमेरिकी डलर महँगिएको छ । नेपाल राष्ट्र बैङ्कले मंगलवारका लागि डलरको विनिमय दर १ सय रुपैयाँ ३९ पैसा तोकेको छ । एकै दिन ६३ पैसा महँगिएपछि डलरको भाउ १५ दिनपछि १ सय रुपैयाँ नाघेको हो । गत विहीवार भारतीय बजारमा प्रतिडलर ६२ दशमलव १७ भारुमा बन्द भएको विनिमय कारोबार सोमवार बजार खुल्दा एकैपटक ५० पैसा सस्तिएको थियो । लगातार भारु कमजोरहुँदै प्रतिडलर ६२ दशमलव ७३ भारुसम्म पुगेको थियो । त्यसपछि बैङ्कहरुले केन्द्रिय बैङ्कसँग डलर किन्न थालेका थिए । फलस्वरुप भारु केही बलियो भएर बजार बन्दहुँदासम्म प्रतिडलर ६२ दशमलव ५३ भारुमा विनिमय दर फर्किएको थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.