काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीवार दुई कम्पनीको १ करोड १९ लाख ६४ हजार २५१ दशमलव ३७ कित्ता शेयर सूचीकृत भएको छ ।
घलेम्दी हाइड्रोको १ करोड १० लाख कित्ता हकप्रद र मितेरी डेभलपमेन्ट बैंकको ९ लाख ६४ हजार २५१ दशमलव ३६५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी दुवै कम्पनीको शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।
मितेरी डेभलपमेन्ट बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
त्यस्तै घलेम्दी हाइड्रोले गत मङ्सिर १० गतेदेखि पुस १ गतेसम्म निष्कासन गरेर २०० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।