काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ दशमलव २५ प्रतिशत र रू रू जलविद्युतको १५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ दशमलव २५ प्रतिशत बोनस शेयरबापतको १६ लाख ६० हजार ८६८ दशमलव ४० कित्ता र रू रू जलविद्युतको १५ प्रतिशत बोनस शेयरबापतको ७ लाख ३९ हजार ९८५ दशमलव ४८ कित्ता शेयर आइतवार दोस्रो बजारमा थपिएको हो ।
यी शेयर सोमवारदेखि कारोबार योग्य हुनेछ । सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा बोनस शेयर जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।
नेशनल लघुवित्तले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै रू रू जलविद्युत परियोजनाले पनि बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस आधारमा दुवै कम्पनीका शेयरधनीहरूको बोनस शेयर हितग्राही खातामा जम्मा हुनेछ । कम्पनीले करबापतको रकम प्रदान नगर्ने खण्डमा भने करबापतको रकम जम्मा भएपछि मात्र हितग्राही खातामा बोनस शेयर जम्मा हुने थियो ।