एकैदिन प्रतितोला १ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

Share News

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार (आज) छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । बिहीवार छापावाला सुन प्रतितोला रु १ लाख ३४ हजारमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासंघका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु १ हजार ६१५ निर्धारण भएको छ । 

बिहीवार चाँदी प्रतितोला रु १ हजार ६५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा रु ३५ ले घटेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।