काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशका विभिन्न ६ ठाउँमा एकैसाथ शाखा विस्तार गरेको छ । बैंकले सुनसरीको हरिनगरा नगरपालिका–२, भुटाहामा भुटाहा शाखा, काठमाडौंको काठमाडौं महानगरपालिका–२, लाजिम्पाटमा लाजिम्पाट शाखा, काठमाडौं महानगरपालिका–४, सुकेधारामा सुकेधारा शाखा, कास्कीको पोखरा महानगरपालिका–१, हरिचोकमा हरिचोक शाखा सञ्चालनमा ल्याएको छ ।
त्यस्तै बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा मणिग्राम शाखा, बर्दियाको बढैयाताल गाँउपालिका–६ मैनापोखरमा मैनापोखर शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा संख्या २९४ पुगेको छ । साथै बैंकले स्याङ्जाको चापाकोट नगरपालिका–१० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३औं एक्स्टेन्सन काउन्टरसमेत सञ्चालनमा ल्याएको छ । बैंकले २९४ शाखा, ३०८ एटीएम र ७३ एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।