एमालेले दान पाएको जग्गाको हक हस्तान्तरण नगर्न/नगराउन सर्वाेच्चको अन्तरिम आदेश

सर्वोच्च अदालत । फाइल तस्वीर ।

Share News

काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट कम्पनी प्रालिबाट नेकपा एमालेले दान पाएको जग्गाको हक हस्तान्तरणलगायतका काम कारबाही नगर्न/नगराउन सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले विपक्षीहरूका नाममा उक्त अन्तरिम आदेश जारी गरेको हो । 

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले गत असोज २५ गते काठमाडौंको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा एमालेलाई दान दिएका थिए । 

एमालेले पाएको उक्त दान राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३८ (३) र ३८ (६) को व्यवस्था अनुकूल नभएको अन्तरिम आदेशमा उल्लेख छ ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।