काठमाडौं । एन आइ सि एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको दैलेखस्थित बेस्तडा शाखा कार्यालयले तीन दिने आधारभूत बाख्रापालन तालिम सम्पन्न गरेको छ ।
गत सोमवार सम्पन्न भएको तालिममा ४० जनाको सहभागिता रहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तालिमपछि आयोजित समारोहमा प्रशिक्षार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले प्रमाणपत्र हस्तान्तरण गरे ।
उक्त समारोहको सञ्चालन बेस्तडाकी शाखा प्रमुख बिमला केसीले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा भगवतीमाई गाउँपालिकाकी उपाध्यक्ष मिना कुमारी खड्का, पशु प्राविधिक प्रशिक्षक गणेशराज जोशी र विनेश परियार, बेस्तडा शाखा कार्यालयका कर्मचारी सुनिता कार्की, तेजबहादुर बोहरालगायतको उपस्थिति रहेको थियो ।