काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड स्थापनाको १२ वर्ष पूरा गरेको छ । धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकरको रूपमा कम्पनीले आईपीओ जारी तथा विक्री व्यवस्थापन, शेयर रजिस्ट्रार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा जस्ता सुविधा प्रदान गर्दै आएको बताइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले लगानीकर्ता तथा ग्राहकको लगानीमा उच्चतम आम्दानी प्रदान गर्ने कम्पनीको प्रतिबद्धता निरन्तरता रहने बताए ।
हाल क्यापिटलले रू. १० अर्बभन्दा बढी मूल्यांकन भएका पाँचओटा म्युचुअल फण्डको व्यवस्थापन र लगानी व्यवस्थापन सेवाअन्तर्गत लगानीकर्ताको रू. ६ अर्बभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्र स्थानमा राख्न सफल भएको बताइएको छ ।