काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नाफा पुस महीनाको तुलनामा माघ महीनामा वृद्धि भएको छ ।
पुस मसान्तसम्ममा फण्डले रू. ३ करोड ९६ लाख नाफा कमाएकोमा माघ मसान्तमा बढेर रू. ४ करोड २८ लाख पुगेको छ । माघ महीनामा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । पुस महीनामा फण्डको जम्मा आम्दानी रू. ४ करोड ५९ लाख रहेकोमा माघ महीनामा बढेर रू. ५ करोड १ लाख पुगेको छ ।
नाफा बढेपछि फण्डको न्याभ पनि बढेको छ । पुस मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ७२ पैसा रहेकोमा माघ मसान्तमा बढेर १० रुपैयाँ ७७ पैसा पुगेको हो । सो अवधिमा फण्डले सूचीकृत शेयरमा रू. १९ करोड ८४ लाख लगानी गरेको छ । यो लगानी पुस मसान्तमा रू. १९ करोड ८६ लाख थियो ।