काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित चार बन्दमुखी प्रकृतिका योजनाहरूको लाभांश सार्वजनिक भएको छ ।
खुलामुखी प्रकृतिको एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले करसमेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको अवस्थामा एनआईसी एशिया सेलेक्ट–३० ले १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १० दशमलव ५० प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्डले ९ दशमलव ५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्सड् फण्डले ९ दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेका हुन् । यी लाभांश करसमेत रहेको जानकारी योजना व्यवस्थापक क्यापिटलले दिएको छ ।
साउन १६ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले गरेको बन्दमुखी योजनाको लाभांश प्रस्ताव प्रयोजनका लागि बुक क्लोजको मिति भने हाल तय भएको छैन । आगामी दिनमा बुक क्लोजको मिति तय भएपश्चात् योजनाको लाभांश वितरण हुनेछ ।
खुलामुखी प्रकृतिको योजनाको लाभांश प्रयोजनका लागि भने आजै बुक क्लोज गर्ने निर्णय भएको छ । बुक क्लोजको आधारमा साउन १६ गतेसम्म कायम शेयरधनीहरू मात्र उक्त योजनाको लाभांश प्राप्त गर्न योग्य भएका छन् ।