गणपति लघुवित्तको सञ्चालकमा तुलसा खरेल नियुक्त

Share News

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा तुलसा खरेल नियुक्त भएकी छन् ।

सञ्चालक समितिको १२२औं बैठकले उनलाई सर्वसाधारण शेयरधनीहरूको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले खरेललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको नेप्सेमार्फत जनाइएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।