काठमाडौं । गोर्खाव फाइनान्स लिमिटेडको अध्यक्षमा गौरव बुढाथोकी चयन भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले बुढाथोकीलाई अध्यक्ष पदमा बैशाख १६ गते देखि लागू हुने गरी चयन गरेको हो ।
कम्पनीको अध्यक्ष रहेका डेकिन्द्र कुमार राईले व्यक्तिगत कारण देखाउँदै सञ्चालक सदस्य मात्र रहने गरी अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।
वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिले बैठकले उनको राजिनामा स्वीकृत गर्दै अध्यक्ष पदमा बुढाथोकीलाई चयन गर्ने निर्णय गरेको हो ।
बुढाथोकी सर्वसाधारण शेयरधनीको तर्फबाट कम्पनीको सञ्चलकमा चयन भएका थिए ।