ग्रामीण विकास लघुवित्तको अध्यक्षमा भरतराज कोइराला चयन, सञ्चालक समिति परिवर्तन

Share News

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा भरतराज कोइराला चयन भएका छन् । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा कोइरालालाई चयन गरेको हो । 

साथै कम्पनीको सञ्चालक समितिमा अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा उपसचिव कमानसिं थापा मगर नियुक्त भई पद तथा गोपनीयताको शपथ लिइसकेको कम्पनीले जनाएको छ । यसअघि अर्थमन्त्रालयबाट उपसचिव शंकरराज पाठक नियुक्त भएका थिए । थापा मगर पाठकको सट्टा नियुक्त भएको कम्पनीले जनाएको छ । थापा मगर २०८० चैत ३० गते नियुक्त भएको र २०८१ बैशाख २५ गतेको बैठकमा पद तथा गोपनीयताको शपथ लिएको कम्पनीले जनाएको छ ।

यससँगै परिवर्तित सञ्चालक समितिको अध्यक्षमा भरतराज कोइराला र सञ्चालकहरूमा शिवहरी दगांल, सुशील कुमार नेपाल, कमानसिंह थापा मगर र मनोज कुमार खड्का रहेका छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।