काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गरिमा विकास बैंकको बोनस शेयर सोमवार (आज) सूचीकृत भएको छ । कम्पनीको ४९ लाख २८ हजार ३०२ दशमलव ७१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले कर प्रयोजनको लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश पनि पारित गरेको थियो ।