काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छूट दिने भएको छ ।
साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट बीमा गराई व्यतित भएका बीमालेख आज (फागुन १३ गते)देखि २७ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा छूट दिने निर्णय कम्पनीले गरेको हो ।
तीन वर्षसम्म व्यतित बीमालेखमा १०० प्रतिशत, तीन वर्ष माथिदेखि पाँच वर्षसम्म ५० प्रतिशत, पाँच वर्षदेखि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखि जतिसुकै अवधिको व्यतित बीमालेखमा २५ प्रतिशतसम्म छूट प्रदान गरिने कम्पनीले जनाएको छ ।
साथै, यस प्रकारको छूट सुविधा बीमा अवधिभर एकपटक मात्र पाइने कम्पनीले स्पष्ट पारेको छ ।