ह्याम्स हस्पिटलको वार्षिक साधारण सभा असोज २३ मा, यी प्रस्ताव पेश हुने

Share News

काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स)ले वार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा आगामी असोज २३ गते कम्पनीको कार्यालय, बुढानिलकण्ठ नगरपालिका-९ मा दिउँसो २ बजेदेखि शुरु हुने जनाइएको छ ।

सभामा कम्पनीले लाभांश प्रस्ताव पेश गर्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलातको विवरण पारित गर्नेछ । त्यस्तै सभाले चालू आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव अनुमोदन गर्ने जनाएको छ ।

कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । हाल कम्पनीले नेपाल धितोपत्र बोर्डमा ११ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।