वासिङ्टन सिटी (अमेरिका) । अमेरिकाको निजी कम्पनी इन्टुएटिभ मशीन्सले चन्द्रमामा पठाएको अन्तरिक्ष यानको सफल अवतरण भएको छ ।
उक्त कम्पनीले पठाएको मानवरहित यान ‘ओडिसियस’ले गत बिहीवार अपराह्न ६ः२३ बजे चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण गरेको हो । यससँगै इन्टुएटिभ मशीन्स चन्द्रमामा यान अवतरण गराउने पहिलो निजी कम्पनी बनेको छ ।
इन्टुएटिभ मशीन्सले शुक्रवार आफ्नो वेबसाइटमा लेखेको छ, ‘ओडिसियस ठिक छ ।’
नासाका प्रशासक बिल नेल्सनले सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको एक भिडियोमा भनेका छन्, ‘जीवनभरको उपलब्धि हासिल भएको छ ।’
सन् १९७२ पछि पहिलो पटक अमेरिकी यान चन्द्रमामा अवतरण भएको छ ।
अमेरिकन कम्पनीले यही फागुन ३ गते चन्द्रमामा यान पठाएको थियो । उक्त यान फ्लोरिडाको केप कैनावेरलबाट यही फागुन ३ गते स्थानीय समयअनुसार बिहान ६ः०५ बजे प्रक्षेपण गरिएको थियो ।
उक्त यान एलन मस्कको रकेट कम्पनी स्पेसएक्सले बनाएको हो ।