काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पाँच जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।
संस्थापक शेयरधनीको तर्फबाट डा. मेग बहादुर विश्वकर्मा,डा. मान बहादुर बिके र यज्ञ विक्रम शाही र सर्वसाधारण शेयरधनीको तर्फबाट हुमा कुमारी कुँवर थापा र गुरुराज बरुवाल निर्विरोध निर्वाचित भएका हुन ।
त्यस्तै शुक्रवार बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा डा. मान बहादुर बीकेलाई सर्वसम्मत रुपमा समितिको अध्यक्षयमा चयन गरेको कम्पनीले नेप्से मार्फत जानकारी गराएको छ ।