काठमाडौं । काठमाडौंको टुँडिखेलमा विभिन्न शीपमूलक तालिम सञ्चालन भइरहेको छ ।
‘रोजगार र आयवृद्धि, काठमाडौंको समृद्धि’ अभियानअन्तर्गत काठमाडौंको महानगरपालिकाले ‘शीप मेला’ सञ्चालन गरी १० क्षेत्रका ३० ओटा पेसागत तालिम चलाइरहेको छ, जसमा क्यामरा, मोबाइल मर्मत, वेल्डिङ, टेलरिङरफेसन डिजाइनिङ, नेल आर्ट, मेक अप, हेयर कट एन्ड स्टाइल, सैलुन, ज्योतिष र पुरोहितलगायत छन् ।
१५ दिन अवधिको उक्त तालिमको पहिलो चरण सकिएर आजैबाट दोस्रो चरण शुरु भएको छ ।
महानगरपालिकाका अनुसार पहिलो चरणमा एक हजार पाँच सय पाँच जनाले तालिम लिएका छन् । पहिलो चरणमा तालिम सम्पन्न गरेका प्रशिक्षार्थीले तालिमपछि स्वरोजगार हुने आत्मविश्वास बढाएको बताएका छन् ।
दोस्रो चरणमा भने एक हजार एक सय ३५ जना तालिम लिँदैछन् ।
हेर्नुस् तस्वीरहरू