काठमाडौं । काठमाडौंमा पर्खालका भित्ता कलात्मक बनाउन थालिएको छ । काठमाडौं महानगरपालिकाको अभियानअन्तर्गत भवन र पर्खालका भित्ता सिंगार्न थालिएको हो ।
उक्त अभियानको शुरुआतमा नेपाल दूरसञ्चार प्राधिकरणको भित्तामा नेवारी कला–संस्कृति झल्कने पेन्टिङ गरिएको छ । भित्तामा नेवारी परम्परा झल्किने संस्कृति, जात्रा, पहिरन, परम्परागत पेशाका चित्र बनाइएका छन् । ललितकला प्रज्ञा–प्रतिष्ठानका कलाकारले उक्त पेन्टिङ बनाएका हुन् ।
पेन्टिङ बनाइएपछि भित्ता आकर्षक देखिएका छन् । जसका कारण भित्तानजिकै फोटो तथा भिडियो खिच्ने आउन थालेका छन् ।