काठमाडौं । आज एक्काइसौँ राष्ट्रिय धान दिवस मनाइदै छ । कहिले समयमा पानी नपर्ने त कहिले मल बिउ नपाएरै खेति लगाउन नपाउने किसानलाई मौसमी पानीले राम्रै साथ छ । यतिबेला उनिहरूलई खेती लगाउनकै चटारो छ ।
किसानलाई राज्य पनि छ भन्ने सामान्य अनुभुति समेत गराउन नसकेका देशका उच्च तह देखि कार्यकर्ता तहसम्मका नेताहरू भाषण दिन भने किसानका खेतमै पुगे । यसरी खेतमा पुगेका नेताले आँफै मेसिन चलाउने देखि धान रोप्ने काम गरे । फोटो खिचेर सामजिक सञ्जालमा राख्नकै लागि भएपनि असार १५ का दिन नेताहरू किसानका खेतमा पुग्ने गरेका छन् ।
आज देशका राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी लगायत खेतमै पुगेका बेला राससले संकलन तथा संप्रेषण गरेका केहि तस्वीरहरू हेर्नुहोस् ।
मेसिनको सहायताले धान रोप्दै प्रम प्रचण्ड
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा शनिबार रत्ननगरमा आयोजित कार्यक्रममा मेसिनको सहायताले धान रोप्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'।
धान रोपाइँमा सहभागी हुँदै राष्ट्रपति पौडेल
धान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिबार आयोजित धान रोपाइँ कार्यक्रममा सहभागी हुँदै राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेललगायत ।
रोपाइँमा कृषि मुख्यमन्त्री जम्कट्टेल
एक्काइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव– २०८१ का अवसरमा शनिबार रत्ननगर–५ बछौलीमा आयोजित कार्यक्रममा यन्त्रको सहायताले धान रोप्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल ।
रोपाइँ महोत्सवमा प्रजिअ कडरियालगात
धनुषाको क्षिरेश्वरनाथ नगरका– ३ मा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा शनिबार रोपाइँ गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालगायत।
नेपाली काँग्रेसका प्रवक्ता डा महत रोपाइँमा
एक्काइसौँ राष्ट्रिय धान दिवसको अवसरमा नेपाल किसान महासङ्घले नुवाकोटका लिखु गाँउपालिका–६ मा आयोजना गरेको बृहत् रोपाइँ कार्यक्रममा रोपाइँमा सहभागी हुँदै नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महत ।
तस्वीर सबै: रासस