काठमाडौं । कोरोना बीमाको भुक्तानी विवादमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघले दायर गरेको रिट निवेदनमा सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले हालसम्म सरकारले दायित्व नव्यहोरेकोमा कारण देखाऊ आदेश जारी गरेको हो ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले विपक्षीलाई झिकाउने आदेश समेत दिएको छ ।
यो पनि हेर्नुहोस्: कोरोना बीमाको दाबी भुक्तानी विवाद सर्वोच्च अदालतमा