काठमाडौं। कुमारी क्यापिटल लिमिटेड मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिस्ट्रार नियुक्त भएको छ । दुई संस्थाबीच शेयर रजिष्ट्रारसम्बन्धी कामका लागि सम्झौता भएको हो । सम्झौतामा मातृभूमिका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्मा र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनीको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य हुने बताइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.