काठमाडौं । न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस्–२०२४ अन्तर्गत विभिन्न विधामा अवार्ड दिइएको छ ।
जसअन्तर्गत ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’को अवार्ड सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पाएको छ भने ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर’को अवार्ड एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हात पारेको छ ।
यस्तै, ‘बेष्ट फाइनान्स कम्पनी अफ दि इयर’को अवार्ड मञ्जुश्री फाइनान्स लिमिटेड, ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इयर’को अवार्ड साइन रेशुंगा डेभलपमेन्ट बैंक लिमिटेड र ‘बेस्ट कमर्सियल बैंक इन सर्भिसिङ्ग मार्जिनलाइज्ड जियोग्राफिकल एरियाज’को अवार्ड कृषि विकास बैंकले पाएको छ ।
यसैगरी, ‘बेष्ट कमर्शियल बैंक इन प्रिस्क्राइब्ड सेक्टर लेन्डिङ अफ दि इयर’को अवार्ड एनएमबि बैंक, ‘बेष्ट म्यानेज्ड कमर्शियल बैंक’को अवार्ड स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड, ‘प्रिमियर होटल अफ दि इयर’को अवार्ड सोल्टी होटल लिमिटेड र ‘आउटस्ट्यान्डिङ हस्पिटल अफ दि इयर’को अवार्ड हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) र ‘बेष्ट म्यानेज्ड कम्पनी अफ दि इयर’को अवार्ड नेशनल हेल्थकेयर प्रालिले पाएको छ । लाइफ टाइम अचिभमेन्ट अवार्ड भने वितरण हुन बाँकी छ ।
अवार्डस् वितरणको कार्यक्रमअघि ‘बिजनेस अपरच्युनिटिज इन डिफिकल्ट टाइम्स’ विषयमा प्यानल डिस्कसन गरिएको थियो । प्यानल स्पिकरमा युनिलिभर नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर अम्लान मुखर्जी, निम्बस होल्डिङ प्रालिका म्यानेजिङ डाइरेक्टर आनन्द बगारिया र भायानेट कम्युनिकेशन्सका प्रमुख कार्यकारी अधिकृत सेवा पाठक सहभागी थिए । यसको सहजीकरण प्रिज्मा एडभरटाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले गरेका थिए ।
त्यसअघि एशियन पेन्टस् नेपालका कन्ट्री डाइरेक्टर गोपालकृष्णन् गौरीशंकरले मन्तव्य दिएका थिए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रमको ‘टाइटल स्पोन्सर’मा एशियन पेन्ट्स नेपाल रहेको छ । अन्य प्रायोजकमा एनआईसी एसिया बैंक, टीयागो ईभी, नबिल बैंक, नेशनल लाईफ इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक, एसियन लाइफ इन्स्योरेन्स, नेपाल बीमा प्राधिकरण, स्मार्टफोन कम्पनी एमआई, एनएलजी इन्स्योरेन्स, प्रभु बैंक र सोनम गियर छन् । कार्यक्रमको इन्टरनेट पार्टनरमा डिसहोम फाइबर नेट छ ।