काठमाडौं । आइतवारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ ओटा सत्र सञ्चालन हुने भएका छन् ।
बिहानदेखि फरकफरक चारओटा सभाहलमा समानान्तररूपमा चारओटा सत्र सञ्चालन भइरहेका छन् । सबै सत्रमा स्वदेशी तथा विदेशी विज्ञ तथा सरकारी प्रतिनिधिले आफ्नो धारणा गरिरहनुभएको छ ।
अहिले ‘नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यता’, ‘नवीन वित्तीय परिदृश्य’, ‘नेपालको व्यापारमा हरित र जलवायु उत्थानशीलता र लगानीका अवसरहरू’, ‘राम्रो पूर्वाधार र यातायात निर्माणसम्बन्धी’ विषयक सत्र सञ्चालन भइरहेका छन् ।
यसपछिको सत्रमा ‘दिगो लगानीका लागि हरित वित्तको उपयोग’, ‘पर्यटन क्षेत्रमा लगानी’, ‘निर्यात वृद्धिका लागि नेपालको कृषि प्रशोधनको सम्भावना’का विषयमा छलफल सत्र सञ्चालन हुने छ । यसैगरी अन्तिम विभिन्न चार विषयका समानान्तर सत्र सञ्चालन हुनेछन् ।
एग्रिफुड प्रणाली परिवर्तनमा लगानी र उचित बजारीकरणका सम्बन्धमा साइड इभेन्ट सञ्चालन हुनेछ । सबै सत्रका छलफलपछि आज साँझ सम्मेलनको समापन समारोह हुने लगानी बोर्डको सचिवालयले जानकारी दिएको छ । रासस