काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाले गत आर्थिक वर्ष ०८०/८१ को प्रस्तावित प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेका छन् ।
लक्ष्मी भ्यालु फण्ड २ र लक्ष्मी उन्नती कोषले प्रतिफल प्रयोजनका लागि साउन ३१ गते एक दिन बुक क्लोज गर्न लागेका हुन् । बुक क्लोजको आधारमा असार ३० गतेसम्म कायम इकाईधनीहरूले मात्र प्रस्तावित प्रतिफल प्राप्त गर्नेछन् ।
गत आर्थिक वर्षको लागि लक्ष्मी उन्नती कोषले करसमेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश र लक्ष्मी भ्यालु फण्ड २ ले करसमेत ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीनओटै योजनाहरूले प्रतिफल सार्वजनिक गरिसकेका छन् । क्यापिटलको व्यवस्थापनमा सञ्चालित खुलामुखी प्रकृतिको शुभ लक्ष्मी कोषले गत आर्थिक वर्षको लागि करसमेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कोषले भने साउन १५ गते नै बुक क्लोज गरिसकेको छ ।
योजना व्यवस्थापक लक्ष्मी क्यापिटल लिमिटेडको साउन १४ गते अपराह्न ४ बजे बसेको सञ्चालक समितिको बैठकले तीन योजनाको प्रतिफल वितरणसम्बन्धी निर्णय गरेको थियो ।
बुक क्लोजको आधारमा साउन १४ गतेसम्म कायम इकाईधनीहरूले मात्र शुभ लक्ष्मी कोषको प्रतिफल प्राप्त गर्नेछन् । खुलामुखी प्रकृतिको योजना भएकाले यस योजनाका इकाईनीहरूले आफूले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो लाभांश वितरणपश्चात् समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाई खरीद गर्न सकिनेछ ।
लाभांशबापत्को रकमले थप इकाई खरीद गर्न चाहने इकाईधनीहरूले साउन २१ गतेसम्म आफ्नो नाम दर्ता गराउन योजना व्यवस्थापकले आग्रह गरेको थियो ।