काठमाडौं । भारतमा आज लोकसभा चुनावको पाँचौं चरणको मतदान आज बिहान ७ बजेबाट शुरु भएको हो । यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको छ।
पाँचौं चरणमा कांग्रेस अध्यक्ष राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लासहित कुल ६९५ उम्मेदवार मैदानमा छन्।
यस चरणमा मतदान हुने राज्य र केन्द्र शासित प्रदेशहरू हुन्- बिहार, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मीर, लद्दाख।
बिहान ११ बजेसम्म २३ दशमलव ६६ प्रतिशत मतदान भइसकेको छ । सबैभन्दा बढी मतदान पश्चिम बंगालमा ३२.७० प्रतिशत र सबैभन्दा कम महाराष्ट्रमा १५.९३ प्रतिशत छ । एजेन्सी