काठमाडौं । माण्डु हाइड्रोपावर र आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।
माण्डु हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र म्युचुअल फण्डहरूले लाभांश वितरण प्रयोजनार्थ भोलि (भदौ ३१ गते) बुकक्लोज गर्दैछन् ।
सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम माण्डु हाइड्रोपावरका शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् भने आरविवि म्युचुअल फण्ड १ र २ का इकाईधनीहरूले प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
माण्डु हाइड्रोपावरले असोज १४ गते काठमाडौंको नयाँ बजारस्थित नेपा बैंक्वेटमा तेह्रौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ बराबरको नगद लाभांश प्रचलित कानूनबमोजिम कर कट्टी गरी वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसका साथै सभाले चुक्ता पूँजीलाई कम्पनी रजिष्टर्ड कार्यालयमा अद्यावधिक गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।