मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य बिहीवार (आज) समायोजन भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेले कम्पनीको २ दशमलव २२११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४६१ दशमलव ७४ कायम भएको छ । 

नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७२ मा अन्तिम कारोबार भएको थियो । 

यही समायोजित मूल्यलाई आधार मानेर आइतवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।