logo
महालक्ष्मी विकास बैंकको ७ प्रतिशत लाभांश प्रस्ताव पारित
महालक्ष्मी विकास बैंकको ७ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडकोे २३औं वार्षिक साधारणसभा सोमवार काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक तथा आर्थिक प्रस्ताव छलफलपश्चात् पारित गरेको छ । 

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । यसअन्तर्गत आव २०८०/८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको बताइएको छ ।

आव २०७९/८० को तुलनामा आव २०८०/८१ को अन्त्यसम्म बैंकका समग्र वित्तीय परिसूचकमा सकारात्मक परिवर्तन देखिएको बताइएको छ । आव २०७९/८० मा रू. ३७ करोड ७५ लाख खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आव २०८०/८१ मा खुद नाफा रू. ५० करोड पुगेको बताइएको छ । आव २०८०/८१ को अन्त्यमा प्रतिशेयर आम्दानी रू. १२, पूँजी पर्याप्तता अनुपात १४ दशमलव ९३ प्रतिशत, शेयरधनी कोषमा प्रतिफल ७ दशमलव ४२ प्रतिशत तथा लाभांश दर ७ प्रतिशत रहेको बताइएको छ । सभामा अध्यक्ष राजेश उपाध्यायले शेयरधनीबाट प्राप्त सल्लाह सुझावलाई आत्मसात् गर्दै बैंकले ग्राहकको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अगाडि बढ्ने बताए ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.